बुटवल उधोग वाणिज्य संघद्धारा तिनाउ एफ.एम. का संचारकर्मीहरुका लागी स्वास्थ्य सामाग्री प्रदान

खबरपथ संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १९:१५

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तिनाउ एफ.एम. का संचारकर्मीहरुका लागी स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

बुधबार उधोग वाणिज्य संघका अध्यक्ष उज्जल कसजू , महासचिब विमल राजभटराई, प्रेस सल्लाहकार कविन्द्र नेपाल लगायतको टिमले तिनाउ एफ.एम. एण्ड मिडिया प्रा.लि अमरपथ बुटवलको कार्यालयमा आउनु भई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

बुटवल उधोग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वल कसजूले स्वास्थ्य सामाग्री प्रदान गर्दे कोरोना महामारीको जटिल अवस्थामा संचारकर्मीहरुको मनोबल उच्च होस भन्ने हेतुले संघको तर्फबाट स्वास्थ साम्राग्री प्रदान गरिएकोे बतााउनुभयो । उहाँले संचारकर्मीले यो महामारीको जटिल अवस्थामा सत्य तथ्य समाचार प्रदान गर्नुपर्ने जिम्मेवारी रहने हुँदा निरन्तर कार्यक्षेत्रमा लागीरहने संचारकर्मी र पत्रकारहरुको लागी माक्स , स्यानेटाईजर, चाउचाउ , साबुन लगायतका स्वास्थ समाग्री प्रदान गरिएको बताउनुभयो ।

सो अवसरमा तिनाउ एफ.एम.का स्टेशन म्यानेजर राजेन्द्र जङ्ग रायमाझीले बुटवल उद्योग वाणिज्य संघद्धारा सञ्चार संस्थामा आई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*