बिपन्न तथा असाहय २४ घर परिवारलाई राहत खाद्यान्न बितरण

खबरपथ संवाददाता
८ असार २०७८, मंगलवार २२:२१

रुपन्देही। सैनामैना स्वास्थ्य व्यबसायी संघ सैनामैना रुपन्देही, रानिबगिया युवा क्लब रानिबगिया एबं सत्य संजाल सैनामैना को संयुक्त आयोजना मा आज एक कार्यकमका बिच बिपन्न तथा असाहय २४ घर परिवार लाई राहत खाद्यान्न बितरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. १ का अति बिपन्न असाहाय एबं दैनिक ज्याला मजदुरि गरि खाने घरपरिवारलाई स्वास्थ्य सामग्री सहित दाल , चामल तेल ,नुन ,सोयाबिन, आटा,आलु गरि खाधान्न बितरण गरिएको हो।

सैनामैना स्वास्थ्य व्यबसायी संघ सैनामैना रुपन्देहीका अध्यक्ष एक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथी सत्य संजाल सैनामैनाका अध्यक्ष युवराज भुषाल रहनु भएको थियो । रानिबगिया युवा क्लब रानिबगियाका अध्यक्ष सन्जु थापाको विशिष्ट आतिथ्यता मा भएको कार्यक्रममा सैनामैना दलित उत्थान समिती रुपन्देहीका प्रेस सल्लाहकार अनिल पहाडी , वडा न. १ का उपाध्यक्ष समीर बिक , सदस्य सनिज परियार ,सहयोगीहरु दामोदर क्षेत्री ,संजिब चालिसे, हरि गिरि लागायतले यो दुख को बेला थोरै भए पनि सहयोग को हात बढाउन पाउँदा खुशी अनुभव भएको बताउनु भएको छ । कार्यक्रम को संचालन लक्ष्मण पौडेलले गर्नभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*