रोटरी क्लव अफ बुटवलको अध्यक्षमा डा. ताराप्रसाद उपाध्याय
बुटवल । रोटरी क्लव अफ बुटवलको वर्ष २०२०/२१ का लागि प्राज्ञिक व्यक्तित्व डा. ताराप्रसाद उपाध्याय नेतृत्वको कार्यसमितिले बिहीबार देखि कार्यभार सम्हाल्ने भएको छ ।
उपाध्याय यसअघि क्लवको प्रेसिडेण्ट ईलेक्ट थिए । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलका क्याम्पस प्रमुख रहेका डा. उपाध्याय रुपन्देहीका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् ।
उपाध्यायले नेतृत्व गरेको क्वलको निर्वतमान अध्यक्षमा सुनिल श्रेष्ठ, निर्वाचित अध्यक्षमा बोनिन पिया, मनोनित अध्यक्षमा करुण खनाल, सचिवमा खिम नारायण पराजुली रहेका छन । त्यसैगरी कोषाध्यक्षमा गोपालप्रसाद बस्याल, सहसचिवमा दिवाकर घिमिरे र सहकोषाध्यक्षमा रामबहादुर भण्डारी रहेका छन् ।
त्यस्तै क्लव एडमिन्स्टेशन कमिटी चेअरमा रोम शर्मा, सर्भिस प्रोजेक्ट चेअरमा लेखनाथ भुसाल, मेम्बरसिप कमिटी चेअरमा झविन्द्रप्रसाद कंडेल, टिआरअफ कमिटी चेअरमा दया भण्डारी, पव्लिक रिलेशन कमिटी चेअरमा यदुनाथ पाण्डे, न्यू जेनरेशन कमिटी चेअरमा लक्ष्मण प्रसाद श्रेष्ठ, आर एनएलएम कमिटी चेअरमा प्रविणबहादुर पाठक रहेका छन् । त्यस्तै आउटगोइङ प्रोजेक्ट चेअरमा छविलाल पोखरेल, फेलोसिप कमिटी चेअरमा रेखा ज्ञवाली, क्लव प्रशिक्षकमा मधुप्रसाद अर्याल, सर्जन्ट एट आम्र्स प्रथममा रुपलाल पन्थी, सर्जन्ट एट आम्र्स द्वितीयमा मन्जु थापा, सम्पादकमा शिवकुमार ज्ञवाली, सहसम्पादकमा माधव पौडेल, क्लव मेन्टरमा पुरनप्रसाद श्रेष्ठ र प्रेसिडेन्ट काउन्सील अध्यक्षमा रामप्रसाद खरेल रहेका छन् ।





















