लायन्स क्लव अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण

खबरपथ संवाददाता
१६ असार २०७८, बुधबार १९:५७

बुटवल । लायन्स क्लव अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बुधबार क्लवमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२०/०२१ का अध्यक्ष संजय कलवार जयसवालले वर्ष ०२१/०२२ को लागि नवनिर्वाचित अध्यक्ष लोकप्रसाद खरेललाई पद हस्तान्तरण गर्नुभएको हो ।


त्यस अवसमा बोल्दै लायन्स क्लवका भाईस गभर्नर नवराज न्यौपानेले लायन्स क्लव अफ बुटवलको कृयाकलापले लायन्स ईन्टरनेशनलकै साख बढाएको बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले क्लवका पुराना कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै दुर्गममा हाम्रो गाउँ, प्रभावकारी स्वास्थ्य शिबिर सहितका कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
त्यस्तै अध्यक्ष जयसवालले कोभिड महामारीको कारण भौतिक उपस्थितिमा प्रयाप्त कार्यक्रम गर्न नसकिए पनि गरेका कार्यक्रम प्रभावकारी भएको बताउनु भएको थियो । कोरोना भाईरस महामारीका कारण सञ्चालन गर्न नसकिएका कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिन समेत उहाँले आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा डिष्ट्रक एड्भाईजर तथा क्लवका पुर्व अध्यक्ष अर्जुनमान सैजु, अस्पतालका अध्यक्ष तथा क्लवका पुर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, पुर्वअध्यक्ष मधुसुधन लाल श्रेष्ठ, इभ्यालुसन हेड बिनोद खरेल, एरिया चिफ सन्दप कसौधन, रिजन चियरपर्सन तथा क्लवका पुर्व अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठ, लियो क्लव अफ बुटवलका अध्यक्ष हिमालय भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव प्रतिक पोखरेल र प्रदिप शाक्यको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*