रुपन्देहीमा निषेधआज्ञा असार ३१ गते सम्म थपियो, सवारी साधनमा जोर-विजोर प्रणाली कायमै

खबरपथ संवाददाता
२१ असार २०७८, सोमबार १६:४६

बुटवल। रुपन्देहीमा जारी निषेधआज्ञा असार मसान्तसम्म थपिएको छ । सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

त्यसैगरी सार्वजनिक तथा नीजि सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली कायमै रहेको छ । यस्तै माछा मासु तरकारी फलफुल दुग्ध जन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस अघि असार १५ गतेबाट जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*