कोरोनाको कारण वडाध्यक्ष शर्माको निधन
खबरपथ संवाददाता
२२ असार २०७८, मंगलवार १४:०१
बुटवल । कोरोना संक्रमणको कारण बुटवल उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष हुमनाथ शर्माको निधन भएको छ । उहाको उपचारको क्रममा मंगलबार बिहान काठमाण्डौंमा निधन भएको हो ।
७२ वर्षिय शर्मालाई कोरोना संक्रमण भएपछि बुटवलको कोरोना विषेश अस्पतालमा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गए पछि थप उपचारको लागि ७ दिन अघि मात्रै काठमाण्डौं लगिएको थियो ।
स्वर्गीय शर्माका श्रीमती र दुई छोरा बुहारी हुनुहुन्छ ।






















