खेलकुद पुर्वाधार विकासको पालो रुपन्देही- सदस्य सचिव वली

खबरपथ संवाददाता
८ श्रावण २०७८, शुक्रबार १४:१५

बुटवल । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव भिम वलीले खेलकुद पुर्वाधार विकास गर्ने पालो रुपन्देही भएको बताएका छन । कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद पुर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए । रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ औं नियमित बैठकमा उनले ब्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट सहयोग गर्न जरुरी रहेको बताए । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा नेपालगंजमा ५१ करोड र भौतिक पुर्वाधारमा मात्र ८५ करोड लगानी भएको भन्दै उनले लुम्बिनी प्रदेश ईतिहास रच्न सफल भएको बताए । प्रत्येक वर्ष २/२ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बि.स. २०३८, ४० र ४२ सालपछि निरन्तरता पाउन नसकेको अवस्थामा ३३ वर्ष पछि ०७५ वर्षमा गरेको उनले बताए । खेलाडीको उमेर अनुसारको छनौटका विधिलाई पारदर्शी र वैज्ञानीक रुपमा अघि बढाउने उनले बताए । लुम्बिनी प्रदेशको पाच जिल्लामा फरक फरक खेल प्रतियोगिता गरेको उनले बताए । आठौको बेला रुपन्देहीको एन्फा कम्प्लेक्स, लनटेनिस, क्रिकेटमा मैदानमा समेत गरि ३ करोड बढि लगानी भएको उनले बताए ।

क्लबका अध्यक्ष जविन कक्षपतिले खेलकुद गतिविधिसंगै पुर्वाधार विकासलाई संगसंगै लैजानुपर्ने बताए । नेतृत्वबाट नै पहुच र बलको आधारमा खेलाडी छनौट गर्ने गलत परिपाटीलाई अन्त्य गर्न समेत उनले सुझाव दिए ।
क्लबका सचिव बाबुराम बेल्बासे, कोषाध्यक्ष भानु खत्री, क्लबका पुर्व अध्यक्ष भिम श्रेष्ठ, वर्ष ०२१/२२रोट्याक्ट क्लब अफ डाउनटाउनका अध्यक्ष राम बेल्बासेले संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको बताए । फुटसल, क्रिकेट, ब्याडमिन्टन कार्यक्रमहरु क्लबहरुको बिचमा आयोजना गरेर निरन्तर भातृत्व गराउने काम गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*