तिलोत्तमा चेम्बरद्धारा आर्थिक अध्यादेशबारे अन्तरक्रिया
तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शको आयोजनामा एवं आन्तरिक राजस्व कार्यालय भैरहवाको सहजीकरणमा आर्थिक अध्यादेश २०७८ द्धारा निर्देशित कर नीतिहरुको प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आर्थिक अध्यादेश २०७८ ले दिएको कर छुट, मूल्य अभिवृद्धि ऐन तथा नियमावलीमा गरेको परिवर्तन, आयकर ऐन तथा नियमावलीमा गरेको परिवर्तन, अन्त शुल्क ऐन तथा नियमावलीमा गरेको परिवर्तन र छुट सुविधा सम्बन्धी कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले सबैमा कर छुट सुबिधा लिन र सुबिधा सम्बन्धी जानकारी गराउन आग्रह गरेका थिए । संघका अध्यक्ष बाबुलाल भुसालले समग्र रुपमा आर्थिक अध्यादेश २०७८ द्धारा निर्देशित कर नीतिहरुको प्रावधानमा रहेका परिवर्तनहरुको छुट सुबिधा समयमा लिन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा अन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्ति आचार्य एवं कर अधिकृत यज्ञ ढकालले राजस्वका विभिन्न नीति नियमका बारेमा जानकारी गराएका थिए । छलफल कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, सल्लाहकार, पुर्ब कार्यसमिति सदस्य तथा पुर्व लेखा समिति, कर्मचारी, उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।






















