बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार
खबरपथ संवाददाता
४ आश्विन २०७८, सोमबार १६:२६
बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवलको ज्योतीनगरमा पहिरो अवलोकनका क्रममा मेयर सुवेदीमाथि हातपात भएको हो ।
भदौ १३ गते अघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।






















