‘फेसन मोडेल अफ नेपाल २०२१’ को फाईनल मंसिर १८ गते

खबरपथ संवाददाता
१४ मंसिर २०७८, मंगलवार ०८:५५

बुटवल । एस के स्टायलद्धारा संचालित सौन्दर्य प्रतियोगिता ‘फेसन मोडेल अफ नेपाल २०२१’ ले आफ्नो फाइनल मिति तोकेको छ ।  आगामी मंसिर १८ गते शनिवार शंकरनगर स्थित होटेल रेडिसनमा फेसन मोडेल अफ २०२१ प्रतियोगिताको फाईनल प्रतियोगिता सम्पन्न हुने कार्यक्रमका आयोजक तथा निर्देशक सायर केसिले बताउनुभयो ।

फाईनल प्रतियोगितामा केशब पौडेल, बिनिता भण्डारी, दिपक श्रेष्ठ, अश्मिता थापा र बिष्णु भट्टराई निर्णायकको भुमिकामा रहनु हुनेछ भने गायक कमल खत्री, दिपक गरौजा,उज्ज्वल गिरि,शिरिधर अधिकारी लगायतको उपस्थित रहनेछ ।

प्रतियोगिताको बिजेताले ताजसँगै अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनुका साथै ५० हजार बराबरको पुरस्कार राशी पाउने आयोजक केसिले बताउनुभयो ।

प्रतियोगीहरुले  प्रथम स्थान हासिल गर्नको लागि चार राउन्ड कल्चर राउन्ड, डिजाइनिङ राउन्ड, ईन्टरडक्सन राउन्ड र सिकुइन्स राउन्ड पार गर्नुपर्ने निर्देशक तथा आयोजक सायर केसिले बताउनु भयो ।

मोडलिङतिर रुचि भएका युवाको अन्र्तरनिहित क्षमताको विकास गरि अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देशक केसीले बताउनुभयो । उहाँका अनुसार यस किसिमको प्रतियोगिता बुटवलमा पहिलो पटक हुन लागेको हो । प्रतियोगीहरुलाई प्रोत्साहन दिनकै लागि संचालक रेशम न्यौपानेको उपस्थितिमा २२ जना प्रतियोगीहरुलाई टिसर्ट समेत बितरण गरेको छ ।

सौन्दर्य प्रतियोगिता ‘फेसन मोडेल अफ नेपाल २०२१’ ले गत कार्तिक १० गते बुटवलको योगिकुटी स्थित होटेल भिउमा अडिसन लिई तालिम गराउदै आई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*