सौन्दर्यकर्मि युनियनको प्रदेश अधिवेशन : सौन्दर्य व्यवसायलाई थप व्यस्थित र मर्यादित बनाउनु पर्नेमा जोड

खबरपथ संवाददाता
१६ मंसिर २०७८, बिहीबार २०:२४

बुटवल । सौन्दर्यकर्मिहरु टेड्र युनियनमा अवद्ध हुन नसक्दा समस्या उत्पन्न हुने गरेको सौन्दर्य व्यवसायका अगुवाहरुले बताएका छन् । उनीहरुले सौन्दर्य व्यवसायलाई थप व्यस्थित र मर्यादित बनाउनु पर्नेम जोड दिए ।
राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपाल लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने सौन्दर्य कर्मिहरुले व्यवसायिक सफलताका लागि संगठित हुनु पर्ने आवश्यकता औलाए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय उपाध्यक्ष कमल गौतमले सवै प्रकारका ब्यापार व्यवसायलाई कानूनको दायारामा ल्याउनु पर्ने बताए । उनले समय अनुसार सौन्दर्यकला पनि महत्वपूर्ण बन्दै गएको बताउँदै मावन स्वास्थयमा समेत विचार पुर्याउन आग्रह गरे ।

त्यस्तै जिफन्टका राष्ट्रिय कमिटिका सचिव दामोदर सापकोटाले व्यवसायिकता भित्र हकहित प्राप्तीका लागि संगठित हुनु पर्नेमा जोड दिए । व्यवसायका क्रममा समस्याहरु उत्पन्न हुने भन्दै उनले सामुहिक प्रयत्नबाट समस्या समाधान गर्न सहज हुने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मि युनियन लुम्बिनी प्रदेश इन्चार्ज निर्मला मल्लले सौन्दर्यकला व्यवसाय स्थापित हुँदै गएको बताउँदै यस व्यवसायमा आवद्ध महिलाहरु युनियनमा आवद्ध हुन आग्रह गरिन ।

राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपाल लुम्बिन प्रदेश कमिटि अध्यक्ष सुनिता आरसीको अध्यक्षता, प्रदेश उपाध्यक्ष रन्जु थापाको संचालनमा भएको उद्घाटन सत्रमा राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपालका केन्द्रिय उपध्यक्ष गंगा नकर्मि, जिफन्टका लुम्बिनी प्रदेश अध्यक्ष हरि कार्की, जिफन्टका लुम्बिनी प्रदेशका महिला इन्चार्ज रन्जु भट्टराई लगाएतले बोल्दै व्यवसायिक मर्यादामा ख्याल राख्न आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेशबाट झण्डै १ सय ५० प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*