ग्लोबल आइएमइद्धारा वित्तीय साक्षरता कार्यक्रम

रिलायन्सद्धारा रक्तदान कार्यक्रम
खबरपथ संवाददाता
१६ मंसिर २०७८, बिहीबार २०:४५

बुटवल् । ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सेवातर्फ आर्कर्षित गराउने उदेश्यका साथ ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्वन्धी प्रशिक्षण प्रदान गरेको छ ।

बुटवलको मिलनचोक र चौराहा शाखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी बुटवलको सिद्धार्थ कटेजमा आफ्नो ग्राहकहरुलाई बिहीबार उक्त प्रशिक्षण प्रदान गरेका हुन ।

कार्यक्रममा बैंककी रेमिट्यान्स विभाग प्रमुख स्वेच्छा राणाले प्रशिक्षण प्रदान गरेकी थिईन । सो क्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपम मै प्रशिक्षण गराइएको थियो । मिस्डकल बैंकिङ्गको माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोवाईलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरु प्रशिक्षण गराइएको थियो । कार्यक्रमको स्वागत शाखा ब्यवस्थापक डम्बर ठकुराठीले गरेका थिए ।

बैंकले देशभरका सबै ग्राहकहरु माझ डिजिटल सेवाको पहुचताका साथै बित्तीय साक्षरता प्रद्यान गर्ने उदेश्यले यो अभियान संचालन गरेको हो । जस अन्र्तगत लुम्बिनी प्रदेशमा सोमबारदेखि यो अभियान संचालन भइरहेको हो । बिहीबार बुटवलको मिलनचोक र गोलपार्कमा दुई स्थानमा यो कार्यक्रम संचालन गरिएको थियो ।

रिलायन्सद्वरा रक्तदान कार्यक्रम : 

रिलायन्स लाईफ इनस्योरेनस लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा क्षेत्रीय कार्यालय बुटवलद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसंचार कार्यालय बुटवलमा भएको कार्यक्रमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपति खनालले रक्तदान जीवनदान भएकाले समय पुगेका सबैले समयमै नियमित रक्तदान गरेर जीवन बचाउने कार्यमा अग्रसर हुन सबैलाई आग्रह गरे । रिलायन्स लाईफले समय समयमा सामाजिक उत्तरदायित्वअन्र्तगत यस्तै विविध समाजिक कार्यहरु गर्दै आइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रिय प्रवन्धक इन्द्र बिश्वकर्माले प्रत्येक वार्षिक उत्सवमा रक्तदान गर्दै आएको जानकारी गराउदै रिलायन्स लाईफले सामाजिक कार्यसंगै जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । रक्तदान गर्न आएका सबै रक्तदाताहरुलाई धन्यवाद दिंदै निरन्तर रुपमा रक्तदान गर्न आग्रह गरे । उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा शाखा प्रवन्धकहरु, सिनियर एजेन्सी म्यानेजरहरु, एजेन्सी तथा रिलायन्स साथीहरुको उपस्थिती रहेको शाखा प्रवन्धक प्रेम प्रसाद आचार्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*