काँग्रेस लुम्बिनीमा उपविजेता शाहलाई दाेस्राे वरियता

खबरपथ संवाददाता
१६ पुष २०७८, शुक्रबार १६:४७

बुटवल । नेपाली काँग्रेस लुम्बिनीका उपविजेता भरतकुमार शाहलाई दोस्रो वरियता प्रदान गरिएको छ । प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहिबार साँझ बसेको बैठकले सभापति पदमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका शाहलाई सभापति अमर पुन पछिको वरियतामा राख्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार चयन गर्ने जिम्मेवारी पदाधिकारी लाई दिएको छ । त्यस्तै वैठकले निर्वाचन समिति, अधिवेशनमा खटिएको पार्टीको नेतृत्व, पार्टीका विभिन्न पंक्ति, मतदाता, पत्रकार तथा सुरक्षा निकायलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

बिहिबार नै निर्वाचन समितिले प्रदेशको नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन समितिले बिहिबार भैरहवामा कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*