शिवनगर सामुदायिक बन उपभोक्ता समुहको २६ औं बार्षिक साधारण सभा सम्पन्न
बुटवल । शिवनगर सामुदायिक बन उपभोक्ता समुहको २६ औं बार्षिक साधारण सभा आज (शनिवार) सम्पन्न भएको छ । शिवनगर सामुदायिक उपभोक्ता समुह भवनको प्रांङ्गणमा भएको सभाको प्रमुख अथिति बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्धघाटन गर्दे सामुदाायिक बन संग शिक्षा ,स्वास्थ र पर्यापर्यटनलाई जोडी विकाश गर्नुपर्ने बताउनु भयो ।

मेयर सुवेदीले बिकाशका लागी नयाँ स्थान सामुदायिक बन भएकोले समृद्ध बुटवल खुसी बुटवलबासीको अवधारणालाई मध्यनजर गरी १० बर्षे कार्ययोजना पारित गरी काम अगाडी बढाईएको बताउनु भयो । मेयर सुवदीले आगामी दिनमा बुटवललाई महानगर बनाउने तर्फ उन्मुख हुने गरी अगाडी बढनुपर्ने औल्याउनुभयो । मेयर सुवेदीले बुटवलमा रहेको प्राचिन सभ्यतालाई झल्किने गरी पर्यटनको बिकाश गरीने जसका लागी बिग बुद्धको योजना ,जितगढी, सिद्धबाबा र नरेश्वर जस्ता एैतिहासिक धार्मिक बिकाशको मोडेल अनुसार काम भईरहेको पनि बताउनु भएको छ । उहाँले पर्यटनका लागी संरचना तयार भएपछि उक्त संरचना बुटवलको सम्पत्ती हुने र पछि त्यसले आम्दानी दिन थाल्ने बताउनुभयो ।

कार्यक्रममा शिवनगर सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरेले कार्य समितिको तर्फबाट बन बिकास तर्फ सम्पादन गरिएको कार्यहरु , सामुदायिक विकासतर्फ भएका कार्यहरु र पर्यापर्यटन विकास तर्फ भएका कार्यहरुको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा तिलोत्तमा सबडिभिजनका प्रमुख सूर्य प्रसाद मैनालीले बनमा ब्यक्तिगत अतिक्रमण घटेर संस्थागत अतिक्रमण बढेर गएको प्रति चिन्ताब्यक्त गर्नुभयो । मैनालीले सामुदायिक बनमा सामुहिक कामको लागी भनेर अतिक्रमण बढेको छ त्यसलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले शिवनगर सामुदायिक बन एक पुरानो र सम्भावना बोकेको क्षेत्र रहेको र यसको बिकाशका लागी बनमा पर्यापर्यटनको अवधारणा अगाडी बढाएर राम्रो काम गरेको बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेले सामुदायिक बनलाई उपभोक्ता संग जोडन विविध कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो उहाँले बनका उपभोक्ताहरुको आवश्यकता हरेर बनलाई जोगाउँदै बिकाश गर्नुपर्ने सुझाब दिनुभयो ।

त्यसैगरी नेकपा एमालेका नगर सचिब मेघराज भट्टराईले सामुदायिक बनले यस क्षेत्रको विकाशका लागी महत्वपूर्ण क्षेत्र रहेकाले यसको संरक्षण र प्रबर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले बनको विकाशका लागी आफू र आफनो पाटीको सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यसै गरी नेकपा माओबादी केन्द्रका नगरअध्यक्ष पुष्पराज ढकालले बन र मानवको सम्बन्धका बारेमा औल्याउँदै मानव जिवनका लागी बन अपरिहार्य रहेकोले यसलाई संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले बन मानव हित र आवश्यकताका हिसाबले प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

त्यसैगरी संघसंस्थाहरुका तर्फबाट विपि कोइराला अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले सामुदायिक बनलाई बढी भन्दा बढी कसरी संरक्षण गर्न र यसका उपभोक्तालाई रोजगारी संग जोड्न सकिन्छ त्यसमा लाग्नु पर्ने बताउनुभयो । उहाँले पर्यटनको सम्भावना रहेको बुटवलको शिवनगर सामुदायिक बनलाई विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने गरी सबै मिलेर आफनो आफनो ठाउँबाट कार्य गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै सम्पूर्ण टोलविकाश समितीहरुको तर्फबाट आम्दालाईन टोलविकाश संस्थाका अध्यक्ष डम्बर बहादुर गौचनले शुभकामना मन्तब्य राख्दै छाडा गाईलाई छिटो भन्दा छिटो गौशालामा ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक बनमा सदस्यता संख्या न्यून रहेकाले जनताको सहभागिता बढी भन्दा बढी गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखा समितीका संयोजक कृष्ण कार्कीद्धारा लेखा प्रतिवेदन बाचन गर्नुभएको थियो ।

त्यसैगरी शिवनगर सामुदायिक बनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु)ले आर्थिक बार्षिक आय ब्याय प्रस्तुत गर्नुभएको थियो । शिवनगर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा सामुदायिक बनका उपाध्यक्ष थानेश्वर बस्यालले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण बनका सचिब श्यामकली आचार्यले गर्नु भएको थियो ।

साधारण सभामा विभिन्न वडाका वडाअध्यक्षहरु, दलका प्रतिनिधीहरु, कार्यसमितीका पदाधिकारीहरु, सल्लाहकारहरु र बनका कर्मचारीहरुको सहभागिता रहेको थियो । साधारण सभाले बार्षिक प्रतिवेदन पारीत गरेको छ । बार्षिक साधारण सभा गत माघ १ गते देखि ८ गते सम्म चलेको थियो । माघ १ गते देखि प्रत्येक वडाका उपभोक्ता माझ पुगी उपभोक्ताका रायसुझाव संकलन गरीएको थियो ।
























