अन्तराष्ट्रिय विद्यालय अवार्ड रुपन्देहीका १२ स्कूलले पाए
बुटवल । बुटवल र अन्तरराष्ट्रिय प्रतिष्ठित संस्था ब्रिटिश काउन्सिलद्वारा प्रत्येक वर्ष प्रदान गरिनेछ अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (पुरस्कार) बाट रुपन्देहीका १२ वटा स्कूलले प्राप्त गरेका छन । जसमा बुटवल उपमहानगरपालिकाका ५ वटा परेका छन् ।
इन्टलेक्चुअल एकाडेमी सहित वुटवलका कालिका, नवीन , अक्सफोर्ड र मणिमुकुन्द तथा भैरहवाको संनसाईन्, कञ्चनको बुद्ध दीप, सैनामैनाको प्रभात, तिलोत्तमाका एपेक्स, न्यू इनभारमेनट , सिद्दार्थ , र किड्स हेवान स्कूल रहेका छन् । १२ मध्ये २ वटा मात्रै सामुदायीक छन् भने १० वटा निजी विद्यालय रहेका छन् ।
कोभिड महामारीका कारण हरेक वर्ष वितरण गरिने यो अवार्ड सन् २०२० र २०२१ का दुईवर्षको एकैपटक सार्बजनिक गरिएको हो । विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप व्यवहारीक र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै लगिने उदेश्यले विश्वभरका ३१ देशका विद्यालयमा यो अवार्ड प्रदान गर्दै आएको छ ।
नेपालमा सन् २०२० मा ५३ र २०२१ मा ५४ गरी १०७ वटा स्कूलले एकै पटक यो अवार्ड प्राप्त गरेका छन्। यो अवार्ड शिक्षण सिकाई क्रियाकलापको मापनका आधारमा मूल्यांकन गरी ब्रिटिश काउन्सिलले छनोट गर्दछ । अवार्डका लागि नेपालबाट प्रत्येक वर्ष सयौ स्कूलले आवेदन गरेका हुन्छन् । अवार्ड प्राप्त गरेपछि सो स्कूलले अन्तराष्ट्रिय क्षेत्रका स्कूलहरुसंग एकअर्काका शिक्षण सिकाई क्रियाकलापहरु र विद्यार्थीका अनुभवहरु आदानप्रदान गर्ने र ब्रिटिस काउन्सिलको लोगों ३ वर्षसम्म प्रयोग गर्न पाउँछन् भने पुन लोगों प्रयोग गर्न फेरि छनौट हुनुपर्छ ।





















