गौतमबुद्ध विमानस्थलमा फागुन ६ गतेदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुने

खबरपथ संवाददाता
३ फाल्गुन २०७८, मंगलवार २२:३६

भैरहवा। गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थमा फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । लामो समयको प्रतिक्षा पछि भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाईट हुन लागेको छ।

राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो। प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो।

उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ। एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। काठमाडौँबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ। उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*