बुटवलमा ९ जना बन्दकर्ता पक्राउ

खबरपथ संवाददाता
४ फाल्गुन २०७८, बुधबार १०:४७

बुटवल । बुटवलमा ९ जना बन्दकर्ता पक्राउ परेका छन् । उनीहरुलाई बुटवलको बसपार्क लगायतका स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु ), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।

आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*