विश्व रक्तदाता दिवसमा रक्तदातालाई सम्मान

खबरपथ संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार १५:४२

भैरहवा । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ । १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए । रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने सात जना दातालाई स्वर्ण र प्रशंसापत्रबाट सम्मान गरिएको थियो। यसैगरी २५ पटक भन्दा बढी रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत र प्रशंसापत्र तथा ४० जनालाई प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*