आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
काठमाण्डौ । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मीठा–मीठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्पराअनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।





















