अक्षय तृतीया : धर्म, संस्कृति र मानवताको शीतल सङ्गम

खबरपथ संवाददाता
७ बैशाख २०८३, सोमबार १३:५४

काठमाडौं । वैशाखको तप्त घाम, धुलो र धुवाँबीच काठमाडौं उपत्यकाका चोक–चोकमा एउटा भिन्नै किसिमको शीतलता महशुस भइरहेको छ । यो शीतलता मौसमको उपहार होइन, बरु हाम्रा पूर्खाहरूले सुम्पिएका संस्कार र संस्कृतिले दिएको ‘सर्वत’ को मिठास हो । आज अक्षय तृतीया, अर्थात कहिल्यै क्षय नहुने पुण्य कमाउने दिन । शास्त्र अनुसार आजको दिनलाई अत्यन्त शुभ मानिन्छ । त्रेता युगको शुरुवात आजकै दिनबाट भएको र भगवान विष्णुले परशुराम अवतार लिएको विश्वास गरिन्छ । आजको दिन गरिएको दान, होम र जपको फल कहिल्यै नाश नहुने (अक्षय रहने) हुनाले यसलाई ‘अक्षय तृतीया’ भनिएको हो । काठमाडौंका रैथाने गल्लीदेखि नयाँ बस्तीहरूसम्म यो विश्वासले मानिसहरूलाई पुण्यको मार्गमा डोहो¥याइरहेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*