‘रातो मत्स्येन्द्रनाथ–आस्था र उत्साहको महासंगम’

खबरपथ संवाददाता
६ बैशाख २०८३, आईतवार ०९:१४

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरमा अत्यन्त उत्साह र धार्मिक विधिपूर्वक अगाडि बढिरहेको छ । नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित यस रथयात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको छ । जात्राको वातावरण निकै उल्लासमय र जीवन्त छ । काठैकाठले बनेको अग्लो र भव्य रथका ठूला पाङ्ग्राहरूमा कोरिएका भैरवका आँखाहरूले जात्राको सांस्कृतिक गहिराइलाई झल्काउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*