उद्धघोषण, व्यक्तित्व विकास र पत्रकारिता तालिम समापन

खबरपथ संवाददाता
१७ श्रावण २०७९, मंगलवार २१:४६

बुटवल । बुटवलमा एक हप्ते उद्धघोषण, नेतृत्व विकास ,ब्यक्तित्व विकास र पत्रकारिता तालिमको आज समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेलले ब्यक्तित्व विकास गर्न यस खाल्को तालिमहरुको सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले तालिमले नै पत्रकारहरुको कार्य क्षमतामा बृद्धि हुने बताउनुभयो ।
एक हप्ते तालिममा एक दशक देखि सञ्चार क्षेत्रमा कार्य गर्दे आएका सञ्चारकर्मी मार्फत रेडियो उद्धघोषण,स्टेज उद्धघोषण, पत्रकारिता, समाचार वाचन ,समाचार लेखन , मोटिभेसन कक्षा तथा नेतृत्व विकास र ब्यत्तित्व विकास सम्बन्धी प्रशिक्षण गराईएको लगईन एजुकेशन प्रा.लि. बुटवलका सञ्चालक अर्जुन खनालले बताउनुभयो ।


२५ जना प्रशिक्षार्थीहरु रहेको उक्त तालिममा संचारकर्मीहरु सुमन श्रेष्ठ, मदन खनाल,सञ्जु पौडेल, हरि पौडेल, अनिल पहाडी, रामचन्द्र पोख्रेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थी दिनेश कुमार आचार्य र कुमारी दर्नालले आफना अनुभव प्रस्तुत गर्नुभएको थियो भने प्रशिक्षार्थी कमला पन्तले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । बुटवलको गोलपार्कमा सम्पन्न भएको उक्त तालिमको संयोजन गणेश भन्डारीले गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*