बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि, उपबिजेता र दलहरुका लागि सम्पर्क कक्ष स्थापना

खबरपथ संवाददाता
१७ भाद्र २०७९, शुक्रबार १९:०७

बुटवल । बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र दलहरुका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गर्नुभयो ।
बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।
उहाँले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताउनुभयो ।
उहाँले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपबिजेताहरु र राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*