लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध

उपसभामुखमा तीन जनाको मनोनयन दर्ता
खबरपथ संवाददाता
३ माघ २०७९, मंगलवार १०:४९

दाङ । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओबादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

आज (मंगलबार) दोस्रो कार्याकालको तेस्रो बैठक बस्दैछ । मङलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

उपसभामुखका लागि भने तीन जनाको मनोनयन दर्ता भएको प्रदेस सभा सचिव दुर्लभ पुनले बताए । उपसभामुखमा नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्व प्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव पुनले जानकारी दिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*