पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

खबरपथ संवाददाता
२४ माघ २०७९, मंगलवार ०८:०५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागु हुने गरी पेट्रोल , डिजेल र मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*