पत्रकार महासंघद्धारा पत्रकारिताको अवस्थाबारे छलफल

खबरपथ संवाददाता
२५ माघ २०७९, बुधबार २२:४०

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्कर्ष सहित नागरिकलाई सहि सूचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तुलानात्मक रुपमा रुपन्देहीको सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित रहेको बताए । उनले पत्रकारिताले नै मानिसहरुको धारणा निर्माण गर्ने भएकाले अत्यन्तै जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताए । उनले लुम्बिनीमा रामकथाको बिषयमा रुपन्देहीका पत्रकारहरुले साम्प्रदायिक हिंसा भडकन नदिन राम्रो भूमिका खेलेकोमा धन्यावद दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार डा। बालकृष्ण चापागाई, सल्लाहकार दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका वडा न। ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापती कपिल ज्ञवाली, क्रियाशिल महिला पत्रकार संघका अध्यक्ष कल्पना तिवारी, उद्योग बाणिज्य संघका सदस्य जमुना पोख्रेलले बोल्दै समाजलाई सहि दिशामा हिडाउने गरि सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष ए‌व नेटवर्कका संयोजक रामराज पोख्रेलको अध्यक्षता एंव सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*