उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

खबरपथ संवाददाता
२५ माघ २०७९, बुधबार २२:४३

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरि स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले केसीलाई छनौट गरि गरेकोमा अनुमोदन गर्ने निर्णय गरेको हो।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका केसी लुम्बिनी दैनिकका सम्पादक हुन् । महासंघले पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईको संयोजकत्वमा पत्रकार दामोदर खनाल र रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा सदस्य रहेको मूल्यांकन समिति गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*