लोकपत्रकारिता सम्मानवाट पत्रकार कुँवर सम्मानित

खबरपथ संवाददाता
२८ माघ २०७९, शनिबार ०७:५२

बुटवल । लोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर पुरस्कृत भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पु¥याएको भन्दै कुँवरलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव समेत रहेका कुँवर खस्यौली साप्ताहिक र रेडियो जागरणमा कार्यरत छन् ।
पत्रकार कुँवरलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि, लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेयले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन । यसैगरि प्रतिष्ठानले लोक अभिभावक सम्मानवाट रुपन्देहीका राधेश्याम राजभण्डारी, अग्रज श्रष्ट्रासम्मानवाट तुकमानसिङ कार्की र नवप्रतिभा सम्मानवाट सम्झना रणपाललाई सम्मानित भएका छन । साधारण सभा तथा अधिबेसनको अवसरमा प्रदेशको तर्फवाट बिभिन्न प्रतियोगीताहरुमा सहभागी भई विजय हासिल गरेका कलाकारहरु प्रकाश पराजुली, मिना बुढाथोकी, बिक्रम बाबू बिश्वकर्मा र लक्ष्मी बस्नेतलाई समेत सम्मान गरिएको थियो ।
प्रतिष्ठानले जिल्लाहरुको कार्यसम्पादनका आधारमा रुपन्देही जिल्लालार्ई उत्कृष्ट जिलाको रुपमा सम्मान गरेको छ ।
अधिवेशनमा प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिले लोक दोहोरी गीत प्रतिष्ठानले कलाकारहरुको हक हितको लागी काम गर्दै आइरेको बताए । कार्यक्रममा प्रतिष्ठान केन्द्रीय सल्लाहकार खिम बहादुर हमाल, पुर्व केन्दिय अध्यक्ष चन्द्र शर्मा, दुर्गा रायमाझी, सस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ्ग, केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोकसंगितले समाजलाई जोड्ने भएकाले कलाकारहरुले सामाजिक दायित्वलाई भुल्न नहुनेमा जोड दिएका थिए ।
लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेको अध्यक्षता बरिष्ठ उपाध्यक्ष नारायण थापाको स्वागत एंव सचिव टिकाराम लुईटेलको संचालन कार्यक्रम भएको हो । साधरणसभामा कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*