शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ

खबरपथ संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १२:१६

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)  को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ ।

लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य वन वाटिकामा अनलाइन टिकटका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएस मार्फत सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

बुधबार वन बाटिकामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रविधिको उच्चतम प्रयोगबाट नै व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज्ड गर्दै जानुपर्ने बताउनुभयो ।

वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले अनलाइन टिकेटिङ सेवाले आर्थिक कारोबार पारदर्शी हुने र पर्यटकलाई पनि सुविधा हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*