४१ औं राष्ट्रिय मगर एकता दिवस बुटवलसहित देशभर मनाईयो

खबरपथ संवाददाता
१५ फाल्गुन २०७९, सोमबार २२:३१

बुटवल । ४१ औ मगर संघ स्थापना दिवस मगर आज बुटवलसहित देशभर मनाइएको छ । सोमबार नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवलको दिपनगर स्थित पितृ बाजेबज्यै थानमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले सबै जातजाती , भाषाभाषीले आफ्नो संस्कृतिको संरक्षण गर्दै जानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर , थारु र नेवार समुदायको भाषा संरक्षणको लागि बुटवल उपमहानगरले पहल गरेको बताउनुभयो । उपमहानगरपालिकाले नेपाली भाषा सहित मगर, थारु, नेवारी भाषामा बडापत्र राख्ने कार्य अगाडी बढेको समेत उहाँले जानकारी गराउनुभयो ।

मगर संघ बुटवलकी अध्यक्ष बसन्ती साठिघरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मगर संघका केन्द्रीय उपमहासचिब कमला थापा, केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, संघका रुपन्देही सचिब थर्क बहादुर बारघरे, नगर उपाध्यक्ष लुम बहादुर थापा, सचिब हेमन्त बुढाथोकी लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

यस अघि मगर समुदायले आफ्नो भेषभुषामा सजिएर बुटवलको लखन चोक चौराहाबाट बिभिन्न झाकीसहितको ¥याली बुटवलका बिभिन्न स्थानहरुको परिक्रमा गरी पितृ बाजेबजै थानमा पुगेर सभामा परिणत भएको थियो ।

रुपन्देहीमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्बत लगायतका ठाउँबाट बसाईसराई गरि आएका १ लाख भन्दा बढि मगर समुदायको बसोबास रहेको छ ।

मगर संघ दिवस मनाई रहदा मगर समुदायले भने आफ्नो भाषा विर्सिर्दैैै गएको प्रति कार्यक्रममा बोल्ने बक्ताहरुले गुनाशो पोखेका थिए ।

दिवसको अवसरमा आज रुपन्देहीका बुटवल, सैनामैना, तिलोत्तमा र देवदह नगरपालिकाले स्थानीय बिदा समेत दिएका थिए ।

२०३९ साल फागुन १५ मा पहिलो पटक तनहुंमा मगर समुदाय एकताबद्ध भएको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*