पत्रकार महासंघ रुपन्देहीले मनायो होली

खबरपथ संवाददाता
२३ फाल्गुन २०७९, मंगलवार २१:०५

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले  होलि मनाएको छ । मँगलबार बुटवल स्थित महासंघको कार्यलय परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा एक आपसमा रङ लगाई पर्व मनाइएको हो ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको सभापतित्व र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, पत्रकार महासंघ रुपन्देहीका सचिब बिनोद परीयार लगायतले शुभकामना व्यक्त गर्दै होलीलाई मर्यादित र आपसमा मित्रता कायम गरेर मनाउन आग्रह गरेका थिए ।

बिभिन्न राजनीतिक दल तथा ब्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवं रुपन्देहीका विभिन्न सञ्चार सम्बद्ध व्यक्तिहरुको सहभागितामा आयोजित कार्यक्रममा होलीलाई भाइचारा र मेलमिलापको रुपमा मनाउनुपर्नेमा जोड दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*