बुटवल बहुमुखी क्याम्पसमा ३७.७० प्रतिशत मात्रै खस्यो मत
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । क्याम्पसमा जम्मा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ जनाले मतदान गरेका छन् । ६ वटा सङ्गठनले भाग लिएको सो क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी थिए ।
यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो । लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।
यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो । मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।





















