रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी
बुटवल । रुपन्देहीको सियारी स्थित लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ ।
आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेक कुमार यादव विजय भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिलकी पुष्पा यादवले ५१ मत मात्रै प्राप्त गरिन् ।
त्यस्तै सचिवमा मुकेश नाउँ,कोषाध्यक्षमा बिजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन मुराउ,सरिता मल्लाह,दिपेन्द थारु र आशिष जैसवाल बिजयी भएको नेसविंघ रुपन्देही सभापति शम्सेर खड्काले जानकारी दिए । उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भए पनि १६६ मत खसेको हो ।






















