राज्यले सबै धार्मीक समुदायलाई समान ब्यवहार गर्नुपर्ने मुस्लीम अगुवाहरुको जोड

मोहम्मद ईस्माईलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन
खबरपथ संवाददाता
६ चैत्र २०७९, सोमबार २२:३८

बुटवल । राज्यले सबै धार्मीक समुदायलाई समान ब्यवहार गर्नुपर्ने मुस्लीम अगुवाहरुले जोड दिएका छन् । सोमबार बुटवलको सबैभन्दा पुरानो रजा ए मुस्तफा मस्जिद समितिको ३० औं बार्षिक साधारण सभा तथा १५ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने मुस्लीम अगुवाहरुले राज्यले सबै धार्मीक समुदायलाई समान ब्यवहार गर्नुपर्नेमा जोड दिएका हुन् ।

मुलुक धर्म निरपेक्ष राज्य घोषणा भइसकेको स्मरण गराउदै उनिहरुले धर्म निरपेक्ष राज्यमा सबै धर्म समुदायको धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । मुस्लीम धर्म संस्कृतिको संरक्षणका लागि राज्यले मदरसा शिक्षामा लगानी बढाउनुपर्ने उनिहरुको भनाई थियो । समितिका पुर्व अध्यक्ष रुहुल अमिनले ईस्लामिक शिक्षाको लागि मदरसालाई ब्यवस्थित रुपमा सञ्चालन गर्नको लागि जोड दिए ।  कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अमिनले परम्परा र संस्कारको संरक्षणको लागि इस्लामिक शिक्षा सञ्चालन हुनु पर्नेमा जोड दिए ।

समितिका निर्वतमान अध्यक्ष रहमद खाँनले रजा ए मुस्तफा मस्जिद बुटवलकै पुरानो र ऐतिहासिक रहेको बताउँदै यसको संरक्षण र विकासको लागि सबै लाग्नु पर्नेमा जोड दिए । मस्जिदले मदरसा शिक्षालाई जोड दिँदै आएको उनले बताउँदै छात्रबासको ब्यवस्था सहित पठनपाठन हुँदै आएको बताए । कार्यक्रममा राष्ट्रिय मुस्लीम आयोगका पुर्ब अध्यक्ष निर्दोश अली,निबर्तमान अध्यक्ष मकबुल मिया,पुर्ब अध्यक्ष समसुद्दीन मिया,समितिका बरिष्ठ उपाध्यक्ष मुहम्मद स्माइल,उपाध्यक्षहरु अकवर खाँन,अब्दुल सहमद,सचिब खालीद्दीन मिया,सह कोषाध्यक्ष इर्शाद आलम,कार्यसमिति सदस्य जुनुरुद्दीन वारसी,सदस्य मुहम्मद करीम लगायतले आ आफ्नो भनाई राखेका थिए । बिक्रम सम्बत् १९७० मा स्थापित मस्जिद समितिका ४३८ सदस्य रहेका छन् ।

मोहम्मद ईस्माईलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

त्यसैगरी  अधिवेशनले मोहम्मद ईस्माईलको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्षमा हाजी अब्दुल सहमत , प्रथम उपाध्यक्षमा हाजी अकबार खाँन , दोस्रो उपाध्यक्षमा खलिल मिया , तेस्रो उपाध्यक्षमा मोहम्मद ईर्साद आलम, महासचिवमा गफुरदिन मिया , सचिवमा सबिर मिया , कोषाध्यक्षमा जलिल मिया , सहकोषाध्यक्षमा हाजी हिक्मत मिया , सह सचिवमा क्रमश : हसरदिन मिया , जमाल खान , जनुरदिल बारसी र गब्बार मियालाई चयन गरेको निर्वाचन समितिका सदस्य मिठू मियाले जानकारी दिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*