नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मस्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश

भोलिको सेमिफाइनल खेल सुदूर पश्चिम ११ र थ्रीस्टार क्लब बीच हुने
खबरपथ संवाददाता
७ चैत्र २०७९, मंगलवार २०:५१

बुटवल । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै मनाङ मस्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा मनाङले चार पटकको विजेता नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

मनाङका लागि खेलको पहिलो हाफको ३२ औं मिनेटमा प्रशन्न श्रेष्ठले र इन्जुरी टाइममा चेतन कुमार थारुले गोल गरेका थिए । नेपाल पुलिसकाका बुद्ध बहादुर तामाङले ५३ औं मिनेटमा गोल फर्काएका थिए ।

खेलमा मनाङका चेतन कुमार थारु म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १ सय ११ रुपैयाँ र हेल्मेट पुरस्कार पाए ।

बुधबार पहिलो सेमिफाइनल खेल सुदूर पश्चिम ११ र थ्रीस्टार क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*