तिलोत्तमाका भूमिहिनलाई लालपूर्जा वितरण

खबरपथ संवाददाता
१० चैत्र २०७९, शुक्रबार १३:३७

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गरिएको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा शुक्रवार विन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमकाबीच १२ जनालाई लालपूर्जा वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाभित्र रहेका सम्पूर्ण भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत नगरपालिकासँग रहेको बताउदै बाँकी रहेका भुमीहिनहरुलाई पनि क्रमीक रुपमा लालपुुर्जा बितरण गरीने जानकारी दिए । उनले आफ्नो कार्यकालमा सबैलाई हातहातमा लालपूर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे अनुसार लालपुर्जा बितरण र त्यसपछि पुर्ननापीको काम पनि सुुरु गर्ने बताए । उनले भने, ‘हाम्रो कार्यकालमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा उपलब्ध गराउन प्रतिवद्ध छौं । प्रतिबद्धतालाई पुरा गछौ ।’ नगरप्रमुख खाँणले सबैको साझा प्रयासले तिलोत्तमाको विकास र समस्या समाधान गर्न सकिने बताए । तिलोत्तमाको विकासका लागि नागरिकले साथ दिएको उनको भनाइ थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष आश्विन पौडेलले सरकारले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्न आयोग नै बनाएर अघि बढेको बताए । उनले नगरपालिकाको सक्रियताले १२ जनालाई लालपूर्जा वितरण गर्न सफल भएको बताउदै बडामा रहेका अन्य भुमीहिनलाई पनि छिट्टै लालपुर्जा दिने बताए । यो बडामा एक सयको हाराहारीमा शुकुम्वासी रहेको उल्लेख गर्दै उनले नापजाँचको काम सकीएको र अव प्रक्रीया पुरा गरेर पुर्जा दिईने बताए ।

त्यस्तै विन्दुनगर गाइघाट टोल विकास संस्थाका अध्यक्ष गणेश गुरुङ, खानेपानी जल उपभोक्ता समितिका अध्यक्ष श्याम खरेल, नेपाली कांग्रेस तिलोत्तमा–१४ का सभापति चुरामणि भुसाल, नेकपा (माओवादी केन्द्र) का नेता तारा गुरुङ, पूर्व वडा सदस्य होम बहादुर बुढा मगर, तिलोत्तमा–१४ का वडा सदस्य भुपाल सिंह छन्त्याल लगायतले बोल्दै लालपूर्जा वितरण हुनु खुशीको कुरा भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*