बश्याल वंश समाज नेपालको सातौ महाअधिवेशन सम्पन्न
बुटवल । बश्याल वंश समाज नेपालको सातौ महाअधिवेशन सम्पन्न भएको छ । बिहिबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर १६ पर्सहवामा सातौ महाअधिवेशन र सत्ताइसौ साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको हो ।
बश्याल वंश समाज नेपालका अध्यक्ष राम प्रसाद बश्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष प्रेमनाथ बश्याल, विशिष्ठ अतिथि गण्डकी प्रदेश पर्वत जिल्ला ,ख,का सांसद मित्रलाल बश्याल, उच्च अदालत पोखराका पुर्व मुख्य न्यायाधिश यज्ञ प्रसाद बश्याल, पुर्व प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बश्याल,चितवनका क्षेत्रिय अध्यक्ष लेखनाथ बश्याल, स्याङजा मालुङाका अध्यक्ष गिरधारी बश्याल लगायतले बोल्दै समाजले एकता,विकास, संरक्षण गर्दे दुख,सुखको सहयोगी हुनुपर्ने सुझाव दिए ।
महाअधिवेशनमा अध्यक्ष राम प्रसाद बश्यालले अध्यक्षको प्रतिवेदन, महासचिव विष्णु प्रसाद बश्यालले महासचिवको प्रतिवेदन,कोषाध्यक्ष होमकान्त बश्यालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष होमराज बश्यालले स्वागत तथा महासचिव विष्णु प्रसाद बश्यालले कार्यक्रम संचालन गर्नु भएको थियो ।
महाअधिवेशनमा जनप्रतिनिधि तथा जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । महाअधिवेशनले राम प्रसाद बश्यालको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । राम प्रसाद बश्यालको अध्यक्षतामा १९ सदस्य नयां कार्यसमिति चयन गरेको छ भने बांकी दुई जना मनोनित गर्ने जनाएको छ ।
जसमा बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद बश्याल, उपाध्यक्षमा होमराज बश्याल, त्यस्तै अर्का उपाध्यक्ष मिन प्रसाद बश्याल, महासचिव विण्णु प्रसाद बश्याल, सचिव जीवलाल बश्याल, कोषाध्यक्षमा होमकान्त बश्याल, सहकोषाध्यक्ष टेक प्रसाद बश्याल, सदस्यहरुमा टिकीसरा बश्याल,पिताम्बर बश्याल ,कमला बश्याल, भीम प्रसाद बश्याल ,टिकाराम बश्याल ,शेषनारायण बश्याल,कृष्ण कुमार बश्याल ,हरिदत्त बश्याल ,तिलक प्रसाद बश्याल ,हुम प्रसाद बश्याल चयन हुनुभएको महासचिव विष्णु प्रसाद बश्यालले जानकारी दिनुभयो ।






















