स्वतन्त्र पत्रकार संघ रुपन्देहीमा पंगेनी निर्वाचित

खबरपथ संवाददाता
१९ चैत्र २०७९, आईतवार ०७:२७

बुटवल । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मिलन पंगेनी निर्वाचित भएका छन् । रुपन्देही शाखाको बुटवलमा सम्पन्न पाँचौ अधिवेशनले पंगेनीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा सरु वाग्ले, महिला उपाध्यक्षमा सिता शर्मा, सचिवमा सुधीर ठाकुर, सहसचिव गोविन्द भुसाल, कोषाध्यक्षमा सञ्जय प्रसाद चालिसे, सहकोषाध्यक्षमा रमेश शर्मा र सदस्यमा हरी सापकोटा, इन्द्र प्रसाद न्यौपाने, अमृत टण्डन र खेम काउचा निर्वाचित भएका हुन् ।

त्यस्तै राष्ट्रिय पार्षदमा राजेन्द्रजंग रायमाझी, वीरेन्द्र पाण्डे , चक्रपाणि डुम्रे,अनिल पहाडी, प्रेम बुढाथोकी, इश्वरी पौडेल र सीता दर्नाल चयन भए।

प्रदेश पार्षदमा सुशील खनाल रहेका छन्। संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र पाण्डेको संयोजकत्वमा गठित निर्वाचन कमिटी सदस्यमा रुपन्देही जिल्ला पूर्व अध्यक्ष अनिल पहाडी र लुम्बिनी प्रदेशका कार्यबाहक अधयक्ष इश्वरी पौडेल थिए ।

कार्यक्रमको उदघाटन गर्दै संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारिताको रक्षा गर्न पत्रकार निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र पाण्डेले पत्रकारितामा धर्म, कर्म र इमानदारिता आवश्यकता भएको बताए । राजनीतिक दलको आडमा गरिने पत्रकारिता देख्न, लेख्न, थेग्न नसक्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही शाखाका अध्यक्ष चक्रपाणि डुम्रेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत संघका जिल्ला सदस्य सुशील खनाल र संचालन सचिव बिनोद विष्टले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*