होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

खबरपथ संवाददाता
२६ चैत्र २०७९, आईतवार २१:२८

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । भण्डारी आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गौतम भन्दा ९८ बढी मतान्तरले विजयी भएका हुन् ।

अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५५० मत पाउँदा गौतमले ४५२ मत पाए । संघको नेतृत्वको लागि बावुराम गौतम र लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावि मैदानमा उत्रिएका थिए । निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गौतम बरिष्ठ उपाध्यक्ष थिए ।

संघको बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली ९प्रकाश० द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई, महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा मोहन बस्याल र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।

महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिव अर्जुन पोखरेल लेखनाथ भण्डारी प्यानलबाट निर्वाचित भएका हुन् ।

सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० जना बावुराम गौतम प्यानलले जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर, केशवराज पाण्डे, एकदेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धना कुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल, मुरारी पाण्डेय, यज्ञमुर्ती भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ विजयी भएका छन् ।

२०५६ सालमा स्थापना भएको संघमा हाल १ हजार २०३ व्यवसायी आवद्ध रहेकोमा १०७० जनाले मतदानमा सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*