मगर संघद्धारा डुप्के चिन्डीके कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
९ बैशाख २०८०, शनिबार १९:३६

बुटवल । रूपन्देहीमा रहेका मगर समाजसेवी , बुद्धिजीवी लगायतका बीचमा डुप्के चिन्डीके (भेटघाट) कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको कार्यक्रममा यस क्षेत्रमा रहेका मगर अगुवा तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल होम बहादुर सोती मगर र सैनामैना नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उपसचिव जनक थापा मगरलाई सम्मान समेत गरिएको थियो । नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर बिर्कटा मगरले उहाँहरुलाई प्रमाण पत्र र खादाले सम्मान गर्नु भएको हो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगा खासुमगर, संघकै मगरात लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जनक थापा मगर लगायतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अध्यक्ष अन बहादुर सोतीको अध्यक्षता, उपाध्यक्ष प्रेम थापाको स्वागत तथा सचिव थर्क बहादुर बारघरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*