पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ जना घाइते
खबरपथ संवाददाता
१० बैशाख २०८०, आईतवार १२:५१
बुटवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सडकबाट खसेको बस भीरमा अड्किएको छ ।घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
उनले भने-‘बस भीरमा अड्किएको अवस्थामा छ । अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने पनि यकिन भइसकेको छैन’ ।





















