लुम्बिनी वाणिज्य क्याम्पस क्यूएएको तेश्रो चक्रमा

खबरपथ संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार १५:४०

बुटवल। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ । प्रा.डा. गोविन्द प्रसाद आचार्यको संयोजकत्व तथा नारायण प्रसाद भण्डारी सदस्य रहेको समितिद्वारा प्रिभिजिट मंगलबार सम्पन्न भएको हो ।
२०७५ सालमा एक मात्र सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारवाट पुरस्कृत तथा २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक २०६८ सालमा गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको थियो भने २०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्राप्त गरेको थियो ।
क्युएए प्रक्रियाका एक सय बिस वटा मापदण्ड अन्तर्गतका सूचकहरुमा रहेर प्रा.डा. आचार्य संयोजकत्वको टोलिले जेष्ठ २१, २२ र २३ गते प्रिभिजिट सम्पन्न गरेको हो । सो समितिले प्रिभिजिट प्रश्चात तेश्रो चक्रको क्युएए प्रमाणीकरण गर्नका लागि विभिन्न ८ वटा विधामा आवश्यक सुझाव प्रदान गरेको थियो।
सो सुझावलाई कार्यान्वयन गरी क्याम्पसले पुनः स्वअध्ययन प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ त्यस पश्चातमात्र विश्वविद्यालय अनुदान आयोगबाट अन्तिम चरणको भिजिट रहने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो।
प्रिभिजिट समितिले विद्यार्थी, भुपू विद्यार्थी, कर्मचारी, प्राध्यापक, विभिन्न शैक्षिक तथा प्रशासनिक विभागका प्रमुखहरु, सञ्चालक समिति तथा अन्य सरोकारवालाहरुसंग छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो भने शैक्षिक तथा प्रशासनिक विभागहरुको प्रत्यक्ष अवलोकन पनि गरेको थियो ।
प्रिभिजिट समितिलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले प्रिभिजिट समितिले प्रदान गरेका सुझावहरु तत्काल कार्यान्वयनका चरणमा लगिने साथै शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिका लागि क्याम्पस सञ्चालक समितिले कुनै पनि कसर बाकि नराख्ने उद्घोष गर्नुभयो ।

लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँचवटा शैक्षिक कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ। हाल यस क्याम्पसमा विविएस, विविएम, विविएम–अप्लाईड, विविए–फाइनान्स एण्ड एकाउन्टिब, एमविएस, एमविएस–फाइनान्स र एमविए–बैकिब एण्ड फाइनान्स जस्ता कार्यक्रमहरु संचालन भइरहेका छन भने हाल यस क्याम्पसमा कूल ३,२३२ विद्यार्थीहरु ४४ जना प्राध्यापक र २४ कर्मचारी रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*