नवनिर्वाचित मगर महिलाहरुलाई मगर संघद्धारा सम्मान

खबरपथ संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार २०:१८

बुटवल । नेपाल मगर महिला सङ्घ बुटवल उमहानगर समितिको तेश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको छ । संघको अध्यक्षमा निर्वाचित सरिता श्रीसमगर, उपाध्यक्ष नारायणी पाटामगर, सचिव आकृति थापामगर लगायत सम्पूर्ण कार्य समिति सदस्यहरुलाई सम्मान गरिएको हो । मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच निर्वाचित कार्यसमितिलाई मगर संघ बुटवलद्धारा खादा र पुष्पगुच्छाबाट सम्मान गरिएको हो ।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरे मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर विर्कटामगर, उपाध्यक्ष गीता सारुमगर, उपमहासचिव कमला थापा मगर, सदस्य ज्ञान बहादुर सलामी मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य सनु थापामगर, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, नेपाल आदिवासी चलचित्रकर्मी संघ लुम्बिनी प्रदेश सचिव जेबी दर्लामी, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सचिव थर्क बहादुर बारघरेमगर, नेपाल मगर महिला संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष चन्दा थापामगर, नेपाल मगर संघ रुपन्देहीका सदस्य जया थापा मगर लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

वक्ताहरुले तथ्याङ्क विभागबाट भर्खरै जारी गरेको जातिगत संख्या विवरण प्रति ध्यानाकर्षण भएको जनाएका छन् । मगर भित्रको उपथर पुनलाई छुट्टै जातिको दर्ज गरेर उनीहरूको छुट्टै संख्या सार्वजनिक गर्नुले राज्यले मगर समुदायलाई टुक्र्याउन खोजेको आरोप लगाएका छन् । मगर समुदायको थर उपथरको संख्या सार्वजनिक गरेर मगर समुदायलाई खण्डित पार्न लागेको प्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रम नेपाल मगर संघका बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बहादुर बुढाथोकी मगरको संचालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*