तिनाउ खोलामा डुबेर किशोरको मृत्यु

खबरपथ संवाददाता
२ असार २०८०, शनिबार १७:३९

बुटवल । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी खेल्ने क्रममा ती किशोर अचानक डुबेका थिए । प्रहरी चौकी दोभानले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*