मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुटवलमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

खबरपथ संवाददाता
१० असार २०८०, आईतवार २१:२८

बुटवल । बुटवलमा लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा यही असार १४ गतेदेखि लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिता हुने भएको हो ।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।  रामनगर स्थित कालिका मानव ज्ञान माबिमा १३ देखि १७ गतेसम्म हुनेछ। अध्यक्ष आचार्यले चैत २३ गतेबाट अन्तरास्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरिएको बताए।

उनले राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्याक कराते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागिएको बताए। उमेर समुहको खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए ।  उनले स्थानिय सरकार, नीजि क्षेत्रबाट समेत सहकार्यमा प्रतियोगिता गर्न सफल भएको र पछिल्लो दुई महिनामा सातै प्रदेशमा खेलकुद प्रतियोगिता गरिरहेको बताए ।

‘शान्ती र समृद्धीका लागि खेलकूद’–भन्ने मूल नारासहित आयोजित भलिबलको विजेता समुहले रु ७० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उप विजेता समूहले रु ५० हजार, तृतीयले रु ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले रु १५ हजार नगद राशीसहित कप मेडल पमाणपत्र प्राप्त गर्नेे भलिबल विभागका प्रमुख बुद्धि बस्यालले जानकारी दिए ।

यसैगरी विधागत तर्फ वेष्ट प्लेयरले रु ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति रु १ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

आईतबारसम्म प्रतियोगितामा छात्रतर्फ २३ वटा तथा छात्रातर्फ १८ टिम नाम दर्ता भएका छन। प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी सहभागी गराउन पाउने प्रावधान राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*