तिनाउ नदिमा जल सतहकाे तह पार , उच्च सतर्कता अपनाउन आग्रह
खबरपथ संवाददाता
१६ असार २०८०, शनिबार १०:०७
बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा परेको अबिरल वर्षाका कारण तिनाउ नदिमा जल सतहकाे तह पार भएकाे छ । तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जल सतहले खतराकाे तह पार गरेको र बढ्दो रहेको जानकारी गराउदै तिनाउ जलाधार क्षेत्रमा बर्षा भईरहेकाेले नदीको सतह बढ्दो रहेकाे अवगत गराएकाे छ ।
तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने, होचा स्थानमा हुनेहरू दिउँसो ३ बजे सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।





















