नेकपा एमाले लुम्विनी प्रदेशको प्रथम अधिवेशनकाे तयारी पुरा

खबरपथ संवाददाता
१५ भाद्र २०८०, शुक्रबार २०:१६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारी पुरा भएको पार्टीले जानकारी दिएको छ ।

अधिवेशनको पूर्व सन्ध्यामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिएको हो ।

यही भाद्र १६ गते देखि शुरु हुने दुई दिने प्रदेश अधिवेशनमा १००४ प्रतिनिधिहरु सहभागी रहने पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिनुभयो ।

बि.सं.२०८० साललाई नेकपा एमालेले आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरी अघि बढेको भन्दै कंडेलले नेकपा एमालेको आफ्नो पार्टी जीवनमा यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण हुँने बताउनुभयो ।

सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक अधिवेशन गर्न लागेको बताउँदै अध्यक्ष कंडेलले अधिवेशनले नेकपा (एमाले) को राजनीतिक जीवनलाई रक्त सञ्चार गर्न सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।

अधिवेशनले पार्टी जीवनलाई संघीयढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो आफैमा ऐतिहासिक महत्वको रहेको कंडेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अधिवेशनले सौहार्द रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने विस्वास ब्यम्त गर्नुभयो ।

बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने तयारी छ ।

उद्घाटन शत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णु प्रसाद पौडेल, महासचिव कमरेड शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं सचिव यस प्रदेशका इन्चार्ज कमरेड पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहने जनाइएको छ ।

प्रदेशको नेतृत्वका लागि हालका अध्यक्ष राधाकृष्ण कंडेल र हरी रिजाल मुख्य दाबेदारी देखिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*