नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको नियमित रक्तदान कार्यक्रम

खबरपथ संवाददाता
१४ आश्विन २०८०, आईतवार २०:३०

बुटवल । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको नियमित  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देही र लियो क्लब अफ बुटवल मेट्रोसिटीको संयुक्त आयोजनामा शनिवार संघको केन्दिय कार्यालयमा भएको रक्तदान कार्यक्रमका प्रमुख अथिति मेलानका केन्द्रिय उपाध्यक्ष तथा जिनोमिक डायग्नोस्टीक ल्याबोरेटोरी प्रा.लि.का प्रबन्ध निर्देशक रमेश पाण्डेले रक्तदान जस्तो अति पुन्यकार्यका लागी  संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नियमति रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालले रगतको अभाव हुन नदिन संघले नियमति रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा नियमित रक्तदाता संघ रुपन्देही र जिनोमिक डायग्नोस्टीक ल्याबोरेटोरी बिच सम्झौता भएको छ । सम्झौतामा नियमित रक्तदाता संघका सदस्यहरुलाई जिनोमिक डायग्नोस्टिक ल्याबोरटोरीका सम्पूणर्  सेवाहरुमा ३० प्रतिशत छुट दिने ब्यवस्था  गरिएकोे छ । उक्त सम्झौतापत्रमा नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वाल र जिनोमिक डायग्नोस्टीक ल्याबोरेटोरी प्रा.लि.का प्रवन्ध निर्देशक रमेश पाण्डेले हस्ताक्षर गर्नॅभएको छ ।

कार्यक्रममा लियो क्लब अफ बुटवल मेट्रोसिटीका बर्ष २०२३/२४ का अध्यक्ष संजिव सुनार,चार्टरपे्रसिडेण्ट तथा संस्थापक अध्यक्ष मनोज गौतम, ऐरिया डेपुटी चिफ हिमाल खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भास्कर शाहीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संयोजन संघकी सदस्य तारा पोख्रेलले गर्नभएको थियो । कार्यक्रममा संघ र क्ल्वका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । लियो क्लब अफ बुटवल मेट्रोसिटीका सचिव जिडी शिखरले आफनो जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*