नेपाल नियमित रक्तदाता संघको नियमित रक्तदान कार्यक्रम

खबरपथ संवाददाता
१५ पुष २०८०, आईतवार २०:००

बुटवल । रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदान संघ रुपन्देहीले सनिबार नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालको अध्यक्षतामा तथा कालिका मा बि विधालयका प्रधानाध्यापक दिनेश थापाको प्रमुख आथित्यतामा सम्प्नन कार्यक्रममा नेपाल नियमित रक्तदान संघका केन्द्रिय सल्लाहकार राज कुमार श्रेष्ठ ,आनन्द भट्टराई , केन्द्रिय महासचिव दिपक अधिकारी लगाएतको आथित्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिती कालिका मा बि का प्रधानाध्यापक दिनेश थापाले रक्तदान नै जीवनदान भएकाले निस्वार्थ सामाजिक काममा निरन्तर लगेकोमा प्रसंशा गर्नुभएको थियो । प्रधानाध्यापक थापाले निस्वार्थ भाबले सेवा गरेमा समाज बन्ने र समाज बनेमा रास्ट्र बन्ने बताउनु भएको थियो ।

तेसैगरी नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले रगतको अभाब हुन नदिन संघले महिनाको प्रतेक सनिवार नियमित रक्तदानको कार्यक्रम गर्दै आइरहेको बताउनुभएको थियो ।

अध्यक्ष सिलवालले संघले तोल तोलमा रक्तदान एक घर एक रक्तदाताको नारा अनुसार विभिन्न संघसस्था सङ सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो ।

नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको सम्योजन संघका उपाध्यक्ष भास्कर साहीले गर्नुभएको थियो।

तेसैगरि बुटवलको जारी सडक खाना महोत्सवमा नियमित रक्तदाता संघ रुपन्देहीले आयोजना गरेको निसुल्क रक्त समुह पहिचान तथा प्राथमिक उपचार सेवा १४,१५,१६ राखिएको पनि कार्यक्रम संयोजक संघका उपाध्यक्ष भाष्कर शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*