तनहुँमा डुबेर दुई युवकको मृत्यु

खबरपथ संवाददाता
५ जेष्ठ २०८१, शनिबार २०:०९

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा आज डुबेर दुई युवकको ज्यान गएको छ ।

बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ।

६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*